July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

बाग्मती प्रदेशको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत

बाग्मती प्रदेशको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत

हेटौंडा। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताए। पारित नीति तथा कार्यक्रम जेठ २७ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईंले प्रस्तुत गर्ने कार्यक्रम छ।