July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

भाटभटेनी सुपरमार्केटका प्रबन्धक पक्राउ, चार लाख जरिवना

भाटभटेनी सुपरमार्केटका प्रबन्धक पक्राउ, चार लाख जरिवना

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको उल्लंघन गरेको भन्दै कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटलाई चार लाख जरिवाना गरेको छ ।
जिल्ला प्रशासनले निषेधाज्ञाको अवधिमा बिहान ९ बजेसम्म मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न पाइने व्यवस्था गरेपनि निषेधाज्ञाको समयमा दिउँसो समेत सुपरमार्केट खोलेपछि कारवाही गरेको हो ।
कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार व्यक्तिले उल्लंघन गरेमा एक लाख र संस्थाले उल्लंघन गरे पाँच लाखसम्म जरिवाना तिराउन सक्ने प्रावधान अनुसार जरिवाना तिराएको हो ।

भाटभटेनी खोलेको सूचनाका आधारमा सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा खटिएको प्रहरीसहितको टोली अनुगमनमा पुगेको थियो । टोलीले कोटेश्वरका शाखाका म्यानेजर सागर गुरूङलाई सोमबार पक्राउ गरेको थियो ।

सोही अनुसार भाटभटेनीलाई चार लाख जरिवाना तिराउन आदेश दिएको प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।