July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

शेयर बजार ५३ अंकले बढ्यो, १६ अर्ब ९५ करोडको कारोबार

शेयर बजार ५३ अंकले बढ्यो, १६ अर्ब ९५ करोडको कारोबार

जेठ २५, काठमाडौं ।
शेयर बजार परिसूचक नेप्से मंगलबार ५३.४४ अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्सेमा उत्साहजनक वृद्धि भइ आज २९६०.१४ बिन्दुमा पुगेको हो । मंगलवार बजारमा २१८ कम्पनीका १६ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ करोड ५७ लाख ३७४ कित्ता शेयर किनबेच भएको छ । त्यस्तै, आज १ लाख ४९ हजार ७०८ पटक कारोबार भएको छ ।

मंगलवार बजार होटल तथा पर्यटन, लगानी र लघुवित्त बाहेक सबै उपसूचकहरुको कारोबार बढेको छ ।
बीमा, विकास बैंकका साथै वाणिज्य बैंक समूहको कारोबार राम्रो हुँदा बजारलाई माथि उठ्न सहयोग पुगेको हो । आज विकास बैंक समूह ६६८ अंकले बढेको छ । यो सबै समूहको भन्दा बढी कारोबार हो ।
सात कम्पनीको शेयर भाउ बढेर सर्किट ब्रेकर लागेको छ । मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, गुर्खाज फाइनान्स, जानकी फाइनान्स, शांग्रिला डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र श्री फाइनान्सको शेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको हो । सर्किट ब्रेकर लागेका कम्पनीसँगै ३६ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । आज नारायणी डेभलपमेन्ट, कर्पोरेट र ज्योति विकास बैंकको संस्थापक सेयरको मूल्य घटेको छ ।