April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

जर्मनीबाट आइपुग्यो ६२ वटा भेन्टिलेटरहितका स्वास्थ्य सामग्री

जर्मनीबाट आइपुग्यो ६२ वटा भेन्टिलेटरहितका स्वास्थ्य सामग्री

जेठ २५, काठमाडौं ।
जर्मन सरकारले नेपाललाई ६२ वटा भेन्टिलेटरसहित पठाएको विभिन्न स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । युरोपियन युनियन बृहत् प्याकेज अन्तरगत जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामग्री मंगलबार हस्तान्तरण गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सफेरले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।
 
जर्मन सरकारले नेपालमा कोभिड १९ नियन्त्रणका लागि सहयोगस्वरुप ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० एसएसपी २ मास्क, ३० हजार सर्जिकल मास्क, १०० गम बुट, २०० बडी ब्याग, पाँचवटा आइसोलेसन सेन्टर टेन्ट र २५ हजार लिटर डिसइन्फेक्टेन्ट पठाएको जनाइएको छ ।

Advertisement