April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

विश्वकप छनोट फुटबल : जोर्डनसँग नेपाल ३ गोलको अन्तरले पराजित

विश्वकप छनोट फुटबल : जोर्डनसँग नेपाल ३ गोलको अन्तरले पराजित

विश्वकप तथा एसियन कप संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत सोमबार राती भएको खेलमा भएको खेलमा जोर्डन विजयी भएको छ । नेपाल जोर्डनसँग ३–० ले पराजित भएको हो।

Advertisement

कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय फुटबल मैदानमा खेलको २४ औँ मिनेटमा बाहा फैजल सेइफले पेनाल्टी मार्फत गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए ।

Advertisement

डिबक्स भित्र नेपालका डिफेन्डर रोहित चन्दले मौसा मोहमद सुलेमानलाई लडाएपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो ।

४९ औँ मिनेटमा फैजललेनै फ्रि किकमार्फत उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ६७ औँ मिनेटमा यजान अलअरबले जोर्डनका लागि तेस्रो गोल गरे । एसान हदादको क्रसमा उत्कृष्ट हेड गर्दे पहिलो अन्र्तराष्टि गोल गरेका थिए ।

जितसँगै जोर्डन ६ खेलबाट १३ अंक जोड्दै समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिदाँ पराजित नेपाल ७ खेलबाट ६ अंक जोड्दै चौथो स्थानमा छ ।