July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

कोरोनाले मृत्यु हुने ८ हजार नाघे, ५१ सय ५३ संक्रमित थपिए

कोरोनाले मृत्यु हुने ८ हजार नाघे, ५१ सय ५३ संक्रमित थपिए

जेठ २५, काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार १५३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त समयमा १२ हजार ६५ जनाको पीसीआर र ५ हजार ६११ जनाको एन्टीजेन गरी कूल १७ हजार ६७६ जनाको परीक्षण गरिएको थियो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ। गत २४ घण्टामा एक सय ८ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या ८ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका छन। काठमाडाैं उपत्यकामा १२ सय २६ जना संक्रमित थपिएका छन्। जसअनुसार काठमाडाैंमा ८ सय ३६, ललितपुरमा २ सय ६९ र भक्तपुरमा १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।