July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

दोहोरो अंकले घट्यो नेप्से, १७ अर्बको सेयर कारोबार

दोहोरो अंकले घट्यो नेप्से, १७ अर्बको सेयर कारोबार

जेठ २६, काठमाडौं ।
शेयर बजार परिसूचक नेप्से बुधबार १३.५६ अंकले घटेको छ। उक्त अंकले घटेको परिसूचक २९४६.५८ विन्दुमा पुगेर रोकिएको हो। आज २२१ कम्पनीको ३ करोड १३ लाख ५४ हजार कित्ता शेयर खरीदबिक्री हुँदा १६ अर्ब ९९ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार फाइनान्स, उत्पादन, बीमा र व्यापार समूहमा लगानीकर्ताको उत्साह देखिएको छ। यस दिन बैंकिङ समूह ११, होटल तथा पर्यटन २, विकास बैंक २११, जलविद्युत १५, अन्य ३१, माइक्रोफाइनान्स १८ अंकले घटेका छन्।

ब्यापार ७८, फाइनान्स ४७, निर्जीवन बीम ३९, उत्पादन २३७ र जीवन बीमा समूह २९ अंकले बढेका छन् । आज नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, उन्नती मोदी हाइड्रोपावर, रिडी हाइड्रोपावर विकास कम्पनी, अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक कमाए। त्यसैगरी सीईडीबी हाइड्रोपावर विकास कम्पनी, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स र प्रभु इन्स्योरेन्सको शेयर मूल्य पनि ९ प्रतिशत बढीले उकालो लाग्यो।

यस दिन विकास बैंकका लगानीकर्ताले धेरै गुमाएका छन्। युनाइटेड इदीमर्दीको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। महालक्ष्मी विकास बैंक, गरिमा, साइन रेसुङ्गाको मूल्य ६ प्रतिशतले घटेको छ। कारोबारका आधारमा अरुणभ्याली अग्रस्थानमा रह्यो। सो कम्पनीको ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै पुनर्बीमाको ६१ करोडको सेयर कारोबार भएको छ ।