July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

वैदेशिक रोजगार कार्यालयले साताको एक दिन श्रम स्वीकृति दिने

वैदेशिक रोजगार कार्यालयले साताको एक दिन श्रम स्वीकृति दिने

जेठ २६, काठमाडौं ।
वैदेशिक रोजगार कार्यालयले आजदेखि साताको एक दिन अन्तिम श्रम स्वीकृति दिने भएको छ । बैदेशिक रोजगार विभाग अन्तगरगतको वैदेशिक रोजगार कार्यालय ताहाचलले हरेक बुधबार श्रम स्वीकृति जारी गर्ने निर्णय गरेको हो । यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हप्ताको एक दिन श्रम स्वीकृति दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गरेको थियो ।

व्यवसायीले श्रम गन्तव्य मुलुकले भिसा दिइसकेका व्यक्तिलाई श्रम स्वीकृति दिने कार्य बन्द नगर्न र सहज तरिकाले विदेश जाने व्यवस्था गर्न माग गर्दै आएका थिए । यसबीचमा अनलाइनमार्फत श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो ।