March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

पछिल्लो २४ घण्टामा ४ हजार ३४४ संक्रमित थपिए, ५ हजार ७६८ जना डिस्चार्ज

जेठ २६, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हाजर ७४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५६४ एन्टिजेन परीक्षणमा ८९५ जना गरी ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार १७९ पुगेको छ। त्यस्तै, सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार ७६८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। मंगलबार ६ हजार ५७० जना निको भएका थिए। योसँगै निको हुनेको संख्या पाँच लाख १० हजार २९८ पुगेको छ। 

Advertisement