March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

पसल खोलेर निषेधाज्ञा उल्लंघन गर्ने १६ जना पक्राउ

पसल खोलेर निषेधाज्ञा उल्लंघन गर्ने १६ जना पक्राउ

जेठ २६, काठमाडौं ।
पर्सा जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरि पसल खोल्ने १६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्ज महानगरपालिकामा निषेधाज्ञाको समयमा अति आवश्यक बाहेकका पसलहरु खोलेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा स्टेशनरी पसल, सिलाई कटाई पसल, ईलेक्ट्रोनिक, पान भण्डार, हार्डवेयर सप्लायर्स लगायतका पसलहरु खोल्ने व्यक्तिहरु रहेका छन् । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएर निषेधाज्ञाको समयमा पसल नखोल्ने शर्तमा सम्झाई बुझाई छाडिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

Advertisement