July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

पछिल्लो २४ घण्टामा ३ हजार ७४९ संक्रमित थपिँदा ५ हजार २९३ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ३ हजार ७४९ संक्रमित थपिँदा ५ हजार २९३ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमित थपिएका छन् । यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७१४ पुगेको छ भने निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।

यो अवधिमा ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन्। आज ५९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ।