July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

प्रदेश २ को नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

प्रदेश २ को नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

प्रदेश २ सरकारले आगामी आव २०७८÷८९ को नीति तथा कार्यक्रम आज बिहीबार सार्वजनिक गर्ने भएको छ । असार १ गतेभित्र बजेट ल्याइसक्नु पर्ने संवैधानिक व्यवस्था भएपनि प्रदेशले निकै ढिलोगरी नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
प्रदेश २ मा दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेशप्रमुख राजेश झाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिँदा आआफ्नो संस्कृति झल्कने पहिरनमा उपस्थित हुन सभामुखले सांसदहरूलाई आग्रह गरेका छन् ।