July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

बागमतिको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै, प्रतिपक्षी दलहरू पारित गर्न नदिने रणनीतिमा

बागमतिको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै, प्रतिपक्षी दलहरू पारित गर्न नदिने रणनीतिमा

बागमति प्रदेश सरकारले आगामी आव २०७८÷८९ को नीति तथा कार्यक्रम आज बिहीबार सार्वजनिक गर्ने भएको छ । असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था भएपनि प्रदेशले निकै ढिलोगरी नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
बिहीबार दिउँसो प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । तर, प्रतिपक्षी दलहरू भने नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित गर्न नदिने रणनीति बनाउन जुटेका छन् । अहिले बागमतीमा अल्पमतको सरकार भएको दाबी गर्दै यस्तो सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमको कुनै औचित्य नभएको प्रमुख प्रतिपक्षी माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बताए ।