July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

सामान्य अंकले घटेको सेयर बजारमा १६ अर्ब १० करोडकाे कारोबार

सामान्य अंकले घटेको सेयर बजारमा १६ अर्ब १० करोडकाे कारोबार

जेठ २७, काठमाडौं ।

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से सामान्य अंकले घटेको छ।  दिनभर उतारचढाव भएको नेप्से कारोबार बन्द हुने बेलामा १. ८ अंकले  घटेर दुई हजार ९ सय ४४ दशमलव ७८ विन्दुमा झरको छ । आज दुई सय २० वटा कम्पनीका तीन करोड ६ लाख कित्ता शेयर १६ अर्ब १० करोड रुपैयाँमा कारोबार भएकाे छ ।

आज विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, लगानी र म्युचल फन्ड समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर झन्डै १८ अङ्कले, व्यापारको ५७, होटलको २७, जीवन बीमा समूहको दुई सय ७३, निर्जीवन बीमा समूहको ४५ अङ्कले घटेको छ ।

आज बोटलर्स नेपाल र रुरु जलविद्युत् कम्पनीको शेयर तीन प्रतिशतका दरले घटेको छ । समग्र बजार घटे पनि १२ वटा कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।कारोबारका आधारमा यस दिने जलविद्युत लगानी तथा विकास कम्पनी अग्रस्थानमा रह्यो।सो कम्पनीको ९९ करोड रुपैयाँको कारोबार हुँदा मूल्य ७.७ प्रतिशतले बढ्यो। पुनर्बीमा कम्पनी, लुम्बिनी विकास बैंक, अपि पावर र नेपाल इन्स्योरेन्स कम्पनी पनि कारोबारका आधारमा अगाडि रहे।