March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नयाँ सूचना तथा सञ्चारमन्त्रीका नयाँ कुरा

नयाँ सूचना तथा सञ्चारमन्त्रीका नयाँ कुरा

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति र हेरफेर गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ । विहीवार थपिनेमा एकजना तमलोपाका अध्यक्ष महन्थ ठाकुर पक्षका राजकिशोर यादब छन् । भने अन्य सबै एमाले र माओबादी समुहबाट आएका हुन् । मन्त्री बन्नेमा एकजना चर्चामै नरहेकी पात्र नैनकला थापा समेत छिन् । उनी ओली क्याबिनेटमा सूचना तथा सञ्चारमन्त्री बनेकी हुन् । विस्तारित मन्त्रिपरिषदमा नैनकला थापालाई सूचना प्रवृधि तथा सञ्चार मन्त्रालयको जिम्मेवारी तोकिएपछि उनको चर्चा बढेको छ । धेरैले उनी को हुन भन्ने खोज िगर्न पुगेका छन् ।

Advertisement

खोज्नेहरुले सञ्चारमन्त्री नैनकला थापा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’की पत्नी हुन् भन्ने पत्ता लगाएका छन् । केपी ओली वामगठवन्धनको प्रधानमन्त्री भएका बेला गृहमन्त्री बनेका बादल पार्टी एकता खारेज भएसँगै एमालेमा लागेका आगन्तुक सिनियर नेतामा पर्छन् । हालैमात्र वादल गृहमन्त्रीबाट पदमुक्त भएका थिए उनी लगायत अन्य मन्त्रीालाई काम गर्न नदिन अदालतले आदेश दिएको थियो । आदेशसँगै गृहमन्त्री त थापाले गुमाए नै राष्ट्रिय सभा सदस्यमा समेत आफ्नै पाटिका डा खिमलाल देवकोटासँग हारेका थिए । उनै बादलले आफ्नो प्रभुत्व कायम राख्नकै लागि आफ्नै श्रीमती नैनकला थापालाई मन्त्री बनाएका हुन् । उनै नैनकला नेपालको इतिहासमा पहिलो पटक महिलाको प्रतिनिधित्व गर्दे सूचना तथा सञ्चारमन्त्री बनेकी हुन् । २०४८ सालयता ५५ जना पुरुषले सञ्चार मन्त्रालयको नेतृत्व सम्हालेका छन् ।

Advertisement

नवनियुक्त सञ्चारमन्त्री नैनकला र बादल बिच २०४० सालमा विवाह भएको थियो । बाग्लुङकी नैनकला बादलसँग बिवाह हुँदा २१ वर्षकी थिइन् । तत्कालीन माओवादी १० वर्षे जनयुद्धमा नेताका श्रीमतीसमेत भुमिगत हुने नीति अनुरुप उनीपनि भुमिगत भएकी थिइन् । जानकारहरुका अनुसार उनी राजनीतिमा भन्दापनि परिवारकोे संरक्षणमा बढी केन्द्रीत थिइन ।

एक नेताका अनुसार उनी पार्टीको सक्रिय पदमा कहिल्यै आइनन् । एकपल्ट माओवादी युद्धमा हुँदा उनी महिला संघकी अध्यक्ष भईन तर त्यो पाटीको समिकरण मिलाउँन मात्र थियो । एक नेताका अनसार नैनकला पार्टीको कार्यकारिणी कमिटीमा भने एकपटक पनि पुगिनन् । उनी केन्द्रीय सल्लाहकार समितिको सदस्यसम्म बनेकी थिइन् । २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछिका १५ वर्षसम्म उनी कहिल्यै सांसद समेत भएकी थिइनन् । शान्ति प्रक्रियामा आएपछि केही समय महिला आयोगको अध्यक्ष बन्न बाहेक कुनैपनि उच्च पदमा रहेर काम गरेको अनुभव छैन् ।

सञ्चारमन्त्री बनेकी नैनकला थापा पछिल्लो समय निष्क्रिय थिइन । तर एकाएक श्रीमान बिकल्पमा उनी मन्त्री बन्न पुगेको जानकार बताउँछन् ।