July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

गण्डकी प्रदेशमा नयाँ सरकार गठनको आह्वान, भोलि ३ बजेसम्म म्याद

गण्डकी प्रदेशमा नयाँ सरकार गठनको आह्वान, भोलि ३ बजेसम्म म्याद

जेठ २८, काठमाडौं ।

गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्ने समय दलहरुले २४ घण्टाको समय पाएका छन्। प्रदेशप्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीको दाबीका लागि शनिबार ३ बजेसम्मको समय दिएकी हुन्।

संविधानको धारा १६८(३) बमोजित गठन भएका मुख्यमन्त्री गुरुङ पदमुक्त भएको खबर प्रदेश सचिवालयले शुक्रबार पठाएलगत्तै प्रदेशप्रमुख पौडेलले १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु गरेकी हुन्।