July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

धनुषामा पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु

धनुषामा पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु

धनुषामा पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजकिैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अरु २ जना बालबालिका पनि बेपत्ता भएको र उनीहरु पोखरीमै डुविरहेका छन या गाउतिर गएका छन यकिन नभएको जनाइएको छ । अहिले बेपत्ताहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । -रासस