July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

भेटियो सुनको पहाड

भेटियो सुनको पहाड

हामीले इतिहासमा सुनको लंका नेर सुनेका थिर्यौ । तर सुनको देश आधुनिक समाजमा भेटिएको छैन् । तर सुनको पहाड नै भेटियो भने के होला ? भएको छ यस्तै । मध्य अफ्रिकाको कंगोमा नयाँ सुनको पहाड नै पत्ता लागेको छ । त्यसको ६० देखि ९० प्रतिशत भागमा सुन रहेको पहाड भेटिएको हो ।

हुन त कंगोका धेरै भागमा सुन भेटिन्छ । किबु प्रान्तमा भेटिएको पहाडमा मानिसको भीड बढेपछि केही समयका लागि उत्खनन् रोकिएको एक अधिकारीले बताए । रोयटर्स समाचार संस्थाले दिएको खबरअनुसार, स्थानीयहरूलाई यस पहाडको बारेमा जानकारी आएपछि सुन निकाल्न दौडिएका छन् ।

सुन उत्खनन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यहाँ सुन उत्खननको सही आँकडा आउन पाउँदैन । छिमेकी मुलुकहरूबाट ठूलो मात्रामा सुनको तस्करी गरिने गरेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा उल्लेख गरिएको थियो ।