July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

संकटमा परेको लोकतन्त्र र संविधानलाई बचाउनुपर्ने सर्वदलीय भेलाले निकाल्यो निष्कर्ष

संकटमा परेको लोकतन्त्र र संविधानलाई बचाउनुपर्ने सर्वदलीय भेलाले निकाल्यो निष्कर्ष

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्बदलीय बैंठक सकिएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीसँग सभामुख सापकोटाले संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा गरेको छलफल सकिएको हो । छलफलले नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको सहभागी एक नेताले बताए ।

बैठकमा चुरे लगायतका क्षेत्रबाट बालुवा ढुंगा गिटी निकासी गर्ने सरकारको निर्णय गलत रहेको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले ठहर गरेका छन् । संसद विघटन गलत छ भनेर दलका नेताहरुले सभामुखलाई सुझाव दिएका छन् ।

सहभागीले पटक पटक संसद विघटन गरिनु निरंकुशता र स्वेच्छाचारिताको पराकाष्ठा भएको भन्दै १४६ जनाले अदालतमा निवेदन दिएको र सोही अनुसार निकास आउने निश्कर्ष निकालेका हुन् ।

छलफलमा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरू माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाल सहभागी थिए । त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनाल भर्चुअल रुपमा सहभागी थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलको लागि निम्तो पाए पनि उनी बैठकमा सहभागी भएका छैनन् ।