July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

सुनको मूल्य ६०० रुपैयाँले बढ्यो, कतिमा हुदै छ कारोबार ?

सुनको मूल्य ६०० रुपैयाँले बढ्यो, कतिमा हुदै छ कारोबार ?

जेठ २८, काठमाडौं ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेकोे छ । विहिबारको तुलनामा आज सुनको मूल्य ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  विहिबार प्रतितोला १ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ