March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

जनमोर्चाका कृष्ण थापालाई फेरि सांसदबाट हटाइयो

जनमोर्चाका कृष्ण थापालाई फेरि सांसदबाट हटाइयो

जेठ २८, काठमाडौं ।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई गण्डकी प्रदेशको सांसद पदबाट पुनः हटाइएको छ।ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत दिएको भन्दै पार्टीले साधारण सदस्यसमेत नहरने गरी पार्टीबाट पदमुक्त गरेको हो ।

जनमोर्चाको संसदीय दलले उनलाई हटाएको सूचना संसद सचिवालयमा दर्ता गरिएको थियो। थापालाई हटाइएको पत्र सभामुख नेत्रनाथ अधिकारीले संसद्‌को आज (शुक्रबार) को बैठकमा पढेर सुनाएका थिए।  सांसद थापा यसअघि पनि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका थिए । तर, सर्वोच्च अदालतले उनलाई पुर्नबहाली गरेको थियो ।

Advertisement