March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण खेल आजबाट

युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण खेल आजबाट

युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करणको फुठवल खेल सुरु हुदैछ । ईटलीको रोमस्थित स्टाडीयो ओलम्पिक स्टेडियममा हुने खेल नेपाली समयानुसार राती पौने १ बजे सुरु हुनेछ । युरोपका ११ मुलुकका ११ शहरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा ईटली र टर्की प्रतिस्पर्धा गर्नेछन् ।

उद्घाटन खेलमा घरेलु टोली सहज जितसँगै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । युवा बाहुल्य टर्की पनि ईटलीलाई उसैको मैदानमा हराउने लक्ष्यमा छ ।
२४ टोलीले खेल्ने प्रतियोगितामा सहभागी समुहलाई ६ समुहमा बिभाजन गरिएको छ । सहभागी मध्ये ९ टोलीले युरोकपको उपाधि जितिसकेका छन् । जुलाई ११ सम्म चल्ने प्रतियोगिताको फाईनल खेल लण्डनस्थित वेम्ली स्टेडियममा हुनेछ । हालसम्म उपाधि जितेकामध्ये ग्रीसले भने यो पटक छनोट चरण पार गर्न सकेन ।

 

Advertisement