April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

राष्ट्र बैंकले तोक्यो नयाँ बिनिमय दर, आजको मूल्य कति ?

राष्ट्र बैंकले तोक्यो नयाँ बिनिमय दर, आजको मूल्य कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरेको नयाँ दर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११७ रुपैयाँ १९ पैसा रहेको छ ।

Advertisement

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ ।

Advertisement

क्यानाडियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ ७६ पैसा कायम रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २३ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ७० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । साउदी अरेबियन एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । स्थिर दर रहेको भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आजको मूल्य कति ?