April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

सभामुखले आह्वान गरे सर्वदलीय बैठक : प्रधानमन्त्री जाने नजाने अनिश्चित

सभामुखले आह्वान गरे सर्वदलीय बैठक : प्रधानमन्त्री जाने नजाने अनिश्चित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक आज बस्दैछ । आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बस्न लागेको सभामुखको सचिवालयले जनाएको हो । बैठकमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न भएको राजीनीतिक अवस्थाबारे छलफल हुनेछ । शिर्ष दलहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई समेत बोलाइएको छ ।

बैठकमा पूर्वप्रधानमन्त्री र सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको छ । सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रण पठाए पनि उपस्थित हुने नहुन भन्नेबारे भने टुङ्गो् लागेको छैन ।

जेठ ८ मा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसा विघटन गरी कार्तिक २६ र मसिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदम बारेमा परामर्श लिन यसअघि पूर्वसभामुखहरु कानुन व्यवासयी एवं राजनीतिक दलका नेताहरुसंग छुट्टाछुट्टै भेट गरेका थिए ।

Advertisement