April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सरकारले पुग्नेमात्रामा खोप नदिएपछि काठमाडौं महानगरपालिकाले रोक्यो खोप अभियान

सरकारले पुग्नेमात्रामा खोप नदिएपछि काठमाडौं महानगरपालिकाले रोक्यो खोप अभियान

काठमाडौं । सरकारले आवश्यक्ता अनुसारको खोप नदिएको भन्दै काठमाडौंँ महानगरपालिकाले खोप अभियान रोकेको छ । सरकारले उपलब्ध गराएको खोप निर्धारित समय भन्दा अगाडि नै सकिएपछि कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ ।

Advertisement

कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरो सेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि सरकारले खोप उपलब्ध गराउन नसकेको हो ।

Advertisement

कामपा स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले स्वास्थ्य सेवा विभागको खोप महाशाखाबाट शुक्रबार देखि खोप उपलब्ध गराउन नसक्ने जानकारी आएपछि दुई दिनअगावै अभियान रोकिएको बताए । उनका अनुसार तीन दिनका अवधिमा सो उमेर समूहका करीब २८ हजार नागरिकलाई पहिलो मात्राको खोप दिइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले कामपालाई ३२ हजार मात्र खोप उपलब्ध गराएकामा तीन दिनका अवधिमा २८ हजार प्रयोग भइसकेको छ । बाँकी रहेको चार हजार खोप भने के गरियो भन्ने खुलाईएको छैन् ।