March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सिद्धार्थ इन्स्योरेन्सले चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर जारी गर्ने

सिद्धार्थ इन्स्योरेन्सले चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर जारी गर्ने

काठमाडौं–
सिद्धार्थ इन्स्योरेन्सको १९ औँ वार्षिक साधारण सभा(एजीएम) आज सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांश पारित गरेको छ । इन्स्योरेन्सले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब रुपैयाँको १२ प्रतिशत बोनस शेयर जारी गर्ने भएको छ । साथै, ३.७८९४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पनि कम्पनीले पारित गरेको छ ।

साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरे ।

कम्पनीले आर्थिक वर्ष २०७६÷७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्ब ९६ करोड ३९ लाख बीमा शुल्क आर्जन गरेको र यस आर्थिक वर्षको आजसम्म २ अर्ब १ करोड भन्दा बढी बीमा शुल्क आर्जन गरेको अध्यक्ष केडियाले बताए । उक्त बीमा शुल्क संकलन गत आर्थिक वर्षको सोही अववधिको तुलनामा १६.०७ प्रतिशत बढी रहेको कम्पनीले जनाएको छ ।

Advertisement