July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

कांग्रेसको पदाधिकारी बैठक बस्दै, महाधिबेशन मुख्य एजेण्डा

कांग्रेसको पदाधिकारी बैठक बस्दै, महाधिबेशन मुख्य एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । महाधिवेशन कार्यतालिका फेरवदल गर्न कांग्रेस सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक डाकेका हुन् । पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा दिउँसो २ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीको महाधिवेशन र वर्तमान राजनीतिक सन्दर्भबारे छलफल हुनेछ । कोभिड महामारीका बेला महाधिवेशन गर्दा कसरी सहज ढंगले गर्न सकिन्छ भन्ने मुख्य एजेण्डा रहेको छ । कांग्रेस सभापति देउवाले भदौमै महाधिवेशन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दे आएका छन् । सोही अनुसारको छलफल बैंठकमा हुने महत बताउँछन् । त्यस्का लागि कार्यतालिकामा हेरफेर गर्ने तयारीमा देउवा छन् ।

वर्तमान कार्यतालिका अनुसार असार ५ बाट वडा अधिवेसन गर्नुपर्ने वाध्यता कांग्रेसलाई छ । तर महाधिवेसन मेरुदण्ड क्रियाशील सदस्यताको विवादलाई पार्टीले टुंगोमा पु¥याउन सकेको छैन ।

सहमहामन्त्री डाक्टर महतका अनुसार पदाधीकारी बैठकमा भदौं ७ देखि १० सम्म केन्द्रीय महाधिवेसन सक्ने गरि कार्यतालिका हेरफेरमा प्रारम्भीक सहमती जुटाउने र त्यसलाई केन्द्रीय कार्यसमिति बैठक डाकेर अनुमोदन गराउने तयारी सभापति देउवाको छ ।

यस्तै बैठकमा दलिय गठबन्धनको उपलब्धिको समीक्षा तथा समग्र राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल गरिने बताइएको छ ।