March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीसहित ४ जना मन्त्रीले लिए शपथ

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीसहित ४ जना मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् । सपथ लिनेमा सत्तारुढ नेपाली कांग्रेसबाट कुमार खड्का, सत्ता साझेदार माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) रहेका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई आजै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री बनेसँगै पोखरेलले आजै सानो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने भएका छन् । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरेकी थिइन् । शुक्रबार ५ बजे नै विपक्षी गठबन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

मुख्यमन्त्री पोखरेलले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडि बढ्ने बताएका छन् । असार १ गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाउने भएका छन् । गण्डकीमा पहिले ७ मन्त्रालय मात्र रहेका थिए । पछि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ मन्त्रालय बनाएका थिए । ११ मन्त्रालय बनाइएपछि काँग्रेस र माओवादीलाई ४–४,जसपालाई दुई र स्वतन्त्र सांसद राजीव गुरुङसहित ११ जनालाई मन्त्री बनाइने छ ।

Advertisement