April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको आठौँ अधिवेशन बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ ।

Advertisement

शुक्रबार र शनिबार बसेको प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षका सदस्यहरूले सरकारलाई मार्गदर्शकका रूपमा सुझावहरू प्रस्तुत गरी कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

Advertisement

यसैगरी उक्त बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन गरिनुपर्छ भनि प्रदेशसभाका सदस्यहरू क्रमशः रमेश पौड्याल, नरोत्तम वैद्य, रजनी जोन्च्छे अमात्य, पुकार महर्जन, विजया केसी श्रेष्ठ, शोभा शाक्य, रत्नप्रसाद ढकाल, सीता अधिकारी र सुरेन्द्रराज गोरसाईले राखेका प्रस्तावहरू बहुमतले अस्वीकृत गरेको छ ।

सोही बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले राख्नुभएको समितिको तेस्रो वार्षिक प्रतिवेदन २०७८ र अर्थ तथा विकास समितिका जेष्ठ सदस्य आङदेण्डी लामाले समितिको तेस्रो वार्षिक प्रतिवेदन २०७८ प्रस्तुत गरेका थिए । बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपराह्न ३ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् । रासस