July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने

जेठ ३०, काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आउँदो असार ३ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने भएको हो । शनिबार एक विज्ञप्ति जारी केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने जानकारी दिइएको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ । बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने भएको छ । शनिबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीको महाधिवेशन भदौ १६ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गरेको छ ।