July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

सुनको मूल्य ६०० ले घट्यो, प्रतितोला कति ?

सुनको मूल्य ६०० ले घट्यो, प्रतितोला कति ?

जेठ ३०,काठमाडौं ।

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य ६०० रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।  शुक्रबार प्रतितोला १ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।