March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि दिइने

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि दिइने

जेठ ३०, काठमाडौं ।

Advertisement

काठमाडौँ महानगरपालिकामा शुक्रबारबाट रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम फेरि भोलिदेखि शुरु हुने भएको छ । काठमाडौं महानगर जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार भोलि सोमबार र मंगलबार ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिलाई भेरोसेल खोपको पहिलो डोज लगाइनेछ ।

Advertisement

यसअघि, काठमाडौं महानगरका ३२ वटै वडा कार्यालयमा खोप कार्यक्रम गरिएको थियो । तर, सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसक्दा जेठ २८ गते खोप लगाउने कार्यक्रम स्थगित गरिएको थियो ।

आइतबार सूचना जारी गर्दै महानगरपालिकाले ६०–६१ वर्ष उमेर समूहका नागरिक भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, कोरानाका बिरामीको उपचार जाँच र प्रत्यक्षा उपचारमा संलग्न चिकित्साकर्मी, प्यारा मेडिक्स, नर्सिङका विद्यार्थीलाई भेरोसेद खोपको पहिलो मात्रा लगाउन अनुरोध गरेको छ ।

यसभन्दा अघि उक्त खोप जेठ २८ र २९ गते लगाइने कार्यक्रम थियो । तर, विशेष कारण देखाउँदै खोप अभियान स्थगित गरिएको थियो । यसअघि खोप नपुगेर छुटेका ६० र ६१ वर्ष उमेर समूहलाई अस्पतालमा खोप लगाउने गरी खोप केन्द्र तोकिएको छ । खोप तालिकाबमोजिम वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल बानेश्वरमा खोप लगाउने कार्यक्रम राखिएको छ ।