March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

थप २ हजार ४०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,४६ जनाको मृत्यु

जेठ ३०,काठमाडौं ।

नेपालमा थप २ हजार ४०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ४०६ नमुनाको परीक्षण गर्दा  थप २ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कोरोना कारण ४६ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा आजसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या आठ हजार ४१२ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा तीन हजार ९९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।

Advertisement