भारतमा ७१ दिन यताकै सबैभन्दा कम संक्रमित थपिए
जेठ ३०, काठमाडौं ।
भारतमा २४ घन्टामा ८० हजार ८ सय ३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। भारतमा गएको ७१ दिन यताको सबैभन्दा कम संक्रमण हो यो चैबीस घन्टामा भेटिएको हो । एकै दिन भारतमा १ लाख ३२ हजार ६२ जना संक्रमणमुक्त भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै न्युज एजेन्सी एएनआईले जनाएको छ।
यस अवधिमा भारतमा ३ हजार ३ सय ३ जनाको मृत्यु भएको छ संक्रमणकै क्रममा।भारतमा दैनिक ४.२५ प्रतिशत दैनिक संक्रमित भेटिएका हुन्। पछिल्लो २० दिनमा यो दर लगातार १० प्रतिशतभन्दा तल रहन सकेको छ।
भारतमा अहिले कोभिड १९ को १० लाख २६ हजार १ सय ५९ एक्टिभ केस रहेको छ। भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ जनामा कोभिड १९ विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिकृया दिनुहोस्