April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

जेठ ३०,काठमाडौं ।

Advertisement

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ०७८–०७९ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आइतबार प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलले निर्णयार्थ पेश गरेको नीति तथा कार्यक्रम सभामुखले बहुमतले पारित भएको घोषणा गरेका हुन्।

Advertisement

विपक्षी दलहरुले मतदानमार्फत टुुंग्याउन माग गरे पनि सभामुुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले निर्णयार्थ पेश गरेको नीति तथा कार्यक्रम हुन्छ र हुन्न भन्ने प्रक्रियाबाट टुुंग्याउन खोज्दा विपक्षीले हात उठाएर असहमति जनाएका थिए। तर सभामुुखले भिडियो रेकर्ड हुने र समस्या भए अर्को प्रक्रियामा जाने भनेपछि नीति तथा कार्यक्रम हलको बहुुमतले सभामुखले पारित गरेका हुुन्।

लुम्बिनी प्रदेश सरकारका प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गरेका थिए। उक्त दिन विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई बहिष्कार गरेका थिए।कोभिड–१९ को महामारी नियन्त्रण, व्यवस्थापन र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गरेको थियो।

सरकारले नीति तथा कार्यक्रममा कोभिड–१९ सहित सबैखाले महामारीमा स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउने गरी पूर्वाधार निर्माण, औषधि, स्वास्थ्य उपकरण र पर्याप्त जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।