April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

साढे ४ अर्बको आईपीओ निष्काशन गर्दै ७ जीवन बीमा कम्पनी

साढे ४ अर्बको आईपीओ निष्काशन गर्दै ७ जीवन बीमा कम्पनी

जेठ ३०, काठमाडौं ।
सात नयाँ जीवन बीमा कम्पनीले साधारण शेयर निष्काशन गर्ने भएका छन् । सिटिजन, आईएमई, सानिमा, रिलायबल, महालक्ष्मी, सन नेपाल र यूनियन लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन  निष्काशन गर्न लागेका हुन् । उक्त   बीमा कम्पनीहरुले ४ अर्ब ३९ करोड ५ लाख रुपैयाँ बराबरको ४ करोड ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेका हुन् ।

Advertisement

आईपीओ निष्काशनको तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रूपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । हाल संस्थापकबाट ७० परतिशत अर्थात एक अर्ब ७५ करोड रूपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको आईपीओ निष्काशन पश्चात २ अर्ब ५० करोड रूपैयाँ पुग्नेछ ।

Advertisement

यसैगरी युनियन लाइफले पनि ६४ करोड ५० लाख रुपैयाँ आईपीओ निष्काशन गर्ने तयारीमा छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

अन्य बाँकी पाँच जीवन बीमा कम्पनीहरु रिलायबल, सन नेपाल, आइएमई, महालक्ष्मी र सानिमा लाइफ इन्स्योरेन्सले समान ६०/६० करोड रुपैयाँको ६०/६० लाख कित्ताका दरले कुल ३ अर्ब रुपैयाँको आईपीओ निष्काशन गर्ने तयारीमा छन् ।