July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

वाणिज्य बैंकहरुको खुद नाफा ५५ अर्ब ७९ करोड, कुन बैंकको कति ?

वाणिज्य बैंकहरुको खुद नाफा ५५ अर्ब ७९ करोड, कुन बैंकको कति ?

जेठ ३०, काठमाडौं ।

चालू आर्थिक वर्षको वैशाख महीनासम्ममा सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकले ५५ अर्ब ७९ करोड २८ लाख बराबर खुद नाफा कमाउन सफल भएका छन् । चालू आवको तेस्रो त्रैमास अर्थात् चैतसम्ममा बैंकहरूको यस्तो नाफा ५० अर्ब ७४ करोड गरेका थिए ।वैशाख महीनामा मात्रै वाणिज्य बैंकहरूले ५ अर्ब ५ करोड २८ लाख हाराहारीमा नाफा कमाएका छन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत आवको असार मसान्तमा ५४ अर्ब ३५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । जसमाचालु आवको बैशाख मसान्तसम्म आइपूग्दा १ अर्ब ४४ करोड २० लाख रुपैयाँ थप गरेको राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले देखाएको छ ।

गत आवको असार मसान्तको तुलनामा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १६ वटा वाणिज्य बैंकको नाफा वृद्धि भएको छ । तर, सो अवधिमा ११ वटा वाणिज्य बैंकको खुद नाफा असार मसान्तको तुलनामा चालु आवको बैशाख मसान्तका घटेको छ । चालु आवको बैशाख मसान्तसम्म बैंकहरुले आर्जन गरेको नाफाको वृद्धिदरलाई प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी नाफा वृद्धिदर प्रभु बैंकको रहेको छ ।

सबैभन्दा थोरै एनआइसी एशिया बैंकको नाफा भएको देखिन्छ । प्रभु बैंकले गत आवको असार मसान्तमा १ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुगदा ६७.६३ प्रतिशतले वृद्धि गरी २ अर्ब २९ करोड १४ लाख रुपैयाँ पुर्याएको छ ।

त्यस्तै कुमारी बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब २२ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । जुन चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा ५९.६९ प्रतिशतले वृद्धि भएर १ अर्ब ९५ करोड ८६ लाख रुपैयाँ कायम भएको छ ।

त्यसैगरी नेपाल बंगलादेश बैकले गत आवको असार मसान्तसम्म १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म ४७.६४ प्रतिशतले थप गरी १ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ पुर्याएको छ ।

एनसीसी बैंकले गत आवको असार मसान्तमा १ अर्ब १३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १०.२० प्रतिशतले वृद्धि गरी १ अर्ब २४ करोड ६३ लाख रुपैयाँ पुर्याएको छ ।

सानिमा बैंकले गत आवको असार मसान्तमा १ अर्ब ७० करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १९.९८ प्रतिशतले वृद्धि गरी २ अर्ब ४ करोड ३६ लाख रुपैयाँ पुर्याएको छ ।

मेगा बैंकले गत आवको असार मसान्तमा १ अर्ब ५२ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा ४६.२३ प्रतिशतले वृद्धि गरी २ अर्ब २२ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ ।

सिटिजन्स बैंकले गत आवको असार मसान्तमा १ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुगदा ४४.८५ प्रतिशतले वृद्धि गरी १ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ पुर्याएको छ ।

एनआइसी एशिया बैंकले गत आवको असार मसान्तमा ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा ७.७२ प्रतिशतले वृद्धि गरी ३ अर्ब ३६ करोड २३ लाख रुपैयाँ पुर्याएको छ

ग्लोबल आइएमई बैंकले गत आवको असार मसान्तमा ३ अर्ब ८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा २६.८७ प्रतिशतले वृद्धि गरी ३ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ पुर्याएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले गत आवको असार मसान्तमा २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुगदा २३.६५ प्रतिशतले वृद्धि गरी ३ अर्ब १७ करोड ९८ लाख रुपैयाँ पुर्याएको छ ।

एनएमबी बैंकले गत आवको असार मसान्तमा २ अर्ब २७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा २२.८९ प्रतिशतले वृद्धि गरी २ अर्ब ७९ करोड ४ लाख रुपैयाँ पुर्याएको छ ।

सिभिल बैंकले गत आवको असार मसान्तमा ४५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १६.७७ प्रतिशतले वृद्धि गरी ५३ करोड ३६ लाख रुपैयाँ पुर्याएको छ ।

सेञ्चुरी बैंकले गत आवको असार मसान्तसम्म ९० करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा ५१.७८ प्रतिशतले घटेर ४३ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ ।

हिमालयन बैंकले गत आवको असार मसान्तसम्म २ अर्ब ५४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा ४४.७८ प्रतिशतले घटेर १ अर्ब ४० करोड ४० लाख रुपैयाँमा सीमित भएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ९८ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा ३१.५४ प्रतिशतले घटेर १ अर्ब ३५ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ ।

माछापुच्छ्रे बैंकले गत आवको असार मसान्तमा १ अर्ब २५ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १६.१६ प्रतिशतले वृद्धि गरी १ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ पुर्याएको छ ।

नबिल बैंकले गत आवको असार मसान्तमा ३ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १३.५८ प्रतिशतले वृद्धि गरी ४ अर्ब ५ करोड १० लाख रुपैयाँ पुर्याएको छ ।

सिद्धार्थ बैंकले गत आवको असार मसान्तमा २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १२.२७ प्रतिशतले वृद्धि गरी २ अर्ब ३४ करोड ९६ लाख रुपैयाँ पुर्याएको छ ।