July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

नेप्से ४२ अंकले बढ्दा १८ अर्ब ८८ करोडको कारोबार

नेप्से ४२ अंकले बढ्दा १८ अर्ब ८८  करोडको कारोबार

जेठ ३१, काठमाडौं ।
लगातार बढिरहेको सेयर बजारमा नयाँ रेकर्ड बनेको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२.७२ प्रतिशतले बढ्दै ऐतिहासिक ३०२५.८३ विन्दुमा पुगेको हो। आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १०.६० अंकले बढेर ५५०.०१ विन्दुमा पुगेको छ ।

यस दिन कुल २२१ कम्पनीका ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर एक लाख ७५ हजार ४११ पटक किनबेच हुँदा कुल १८ अर्ब ८८ करोड ४० लाख माथिको कारोबार भएको छ । आइतबार नेप्सेको इतिहासमै सबैभन्दा बढी १९ अर्ब ५५ करोडको कारोबार भएको थियो।

आज बैंकिङ्ग, होटल तथा पर्यटन, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, लगानीका समूहहरु धनात्मक भएका छन् भने व्यापार, विकास बैंक, हाइड्रो, माइक्रो फाइनान्स, म्युचुअल फण्ड लगायतका समूहहरु ऋणात्मक भएका छन् ।

आज  सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो पावर कम्पनीको कारोबार भएको छ । नेप्सेको अनुसार कम्पनीको ६२ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको हो । त्यस्तै, अपी पावर कम्पनीको ५४ करोड ८६ लाख, हिमालयन डिस्टिलरीको ५० करोड २९ लाख, नेपाल पुनर्बीमा कम्पनीको ४२ करोड ८५ लाख, लुम्बिनी विकास बैंकको ४२ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।