July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

सुनको मूल्य ७०० रुपैयाँले घट्यो

सुनको मूल्य ७०० रुपैयाँले घट्यो

जेठ ३१, काठमाडौं ।
नेपाली बजारमा आज सोमबार  सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा आज ७०० रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी  महासंघका अनुसार आइतबार प्रतितोला  ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेकोे छ । आइतबार प्रतितोला १ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ६० रुपैयाँमा कारोबार हुने  महासंघले जनाएको छ ।