March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

इजरायमा बेन्जामिन नेतान्याहुको सत्ता अन्त्य, दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली नयाँ प्रधानमन्त्री

इजरायमा बेन्जामिन नेतान्याहुको सत्ता अन्त्य, दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली नयाँ प्रधानमन्त्री

काठमाडौँ– इजरायमा बेन्जामिन नेतान्याहुको १२ वर्षको सत्ता अन्त्य भएको छ । नेतान्याहुलाई एक मत अन्तरले पराजित गर्दै दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेट संसद्बाट प्रधानमन्त्री चुनिएपछि नेतान्याहुको कार्यकाल सकिएको हो । बेनेटले ‘परिवर्तनको सरकार’ को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन् ।

उनले अत्यन्तै साँघुरो ६०–५९ बहुमतका आधारमा ‘अभूतपूर्व’ गठबन्धनको नेतृत्व गरेको बीबीसीले उल्लेख गरेको छ । सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन् । त्यसपछि येश अटिड पार्टीका नेता याएर लापिड थप दुई वर्ष प्रधानमन्त्री हुनेछन् ।

Advertisement