March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

घिउ, तेलमा २८ प्रतिशत मूल्य वृद्धि

घिउ, तेलमा २८ प्रतिशत मूल्य वृद्धि

जेठ ३१, काठमाडौं ।

Advertisement

एक वर्षमै घ्यू तथा तेलको मूल्य २८ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार २०७७ बैशाखको तुलनामा २०७८ बैशाखमा घ्यु तथा तेलको मूल्यवृद्धि २८दशमलव २० प्रतिशतले भएको पाइएको हो । यस्तै पेय पदार्थको मूल्य १७ दशमलव १२ प्रतिशतले बढेको छ ।  २०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा गैर-मदिराजन्य पेय पदार्थको मूल्य ९.८५ प्रतिशत र सुर्तीजन्य पदार्थ उपसमुहको मूल्यवृद्धि ९.८४ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

Advertisement

समग्रमा पोहोरको तुलनामा अहिले तीन दशमलव ६५ प्रतिशत मूल्य वृद्धि रहेको छ । प्रतिवेदन अनुसार समीक्षा अवधिमा काठमाण्डाै उपत्यकामा ३ दशमलव ६२ प्रतिशत, तराईमा ३ दशमलव ५१ प्रतिशत, पहाडमा ४ दशमलव १४ प्रतिशत र हिमालमा १ दशमलव ३३ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ५.७१ प्रतिशत, ६.३५ प्रतिशत, ५.११ प्रतिशत र ५.१९ प्रतिशत मुद्रास्फीति रहेको  थियो ।

२०७८ वैशाखमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.८० प्रतिशत, ८.९८ प्रतिशत र ३.६२ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.४४ प्रतिशत रहेको
छ ।