March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

जर्मनीद्वारा नेपाललाई ४ अर्ब ८९ करोड सहायताको घोषणा

जर्मनीद्वारा नेपाललाई ४ अर्ब ८९ करोड सहायताको घोषणा

जेठ ३१, काठमाडौं ।
जर्मनीले द्विपक्षीय सहायताको निरन्तरतास्वरुप नेपाललाई ४ अर्ब ८९ करोड रुपैयाँ (३४.४ मिलियन यूरो)  प्रदान गर्ने घोषणा गरेको छ । नेपाल र जर्मनी सरकारबीच सोमबार भर्चुअलरुपमा विकास सहायता सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंस्थित जर्मनी दूतावासले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

सहमतिअनुसार जर्मनीले सन् २०२३ सम्म प्राविधिक सहायता र सन् २०२५ सम्म आर्थिक सहायता प्रदान गर्ने सहमति पनि गरेको छ । सन् २०२० को नोभेम्बरमा दुबै सरकारबीच भएको सहमतिअनुसार लिखित सम्झौता भएको जनाइएको छ ।

विज्ञप्तिमा जनाइएअनुसार उक्त जर्मन विकास सहायता स्वास्थ्य, दिगो आर्थिक विकास र नवीकरणीय ऊर्जामा खर्च हुने भएको छ । जर्मनीले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई थप सहायता गर्न आफू तयार रहेको पनि उल्लेख छ ।

Advertisement