July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

कर्णालीको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

कर्णालीको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

असार १, काठमाडौं ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि पेस गरेको वार्षिक नीति तथा कार्यक्रमका विपक्षमा मतदान गर्न नेकपा एमालेले ह्वीप जारी गरेको छ ।  एमालेको संसदीय दलको आज  बसेको बैठकले संसदमा आज पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए ।

सर्वोच्चले माधव नेपाल समूहका चार सांसदको पुनर्बहाली पछि बैठकमा माधव नेपाल समूहका सांसद प्रकाश ज्वालासमेत सहभागी थिए । प्रदेशसभाको बैठक केही बेरमा बस्दै छ । बैठकले बजेट नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउने तयारी गरेको छ । प्रदेशसभामा सभामुखसहित एमालेका २०, कांग्रेस र माओवादीका १८ र राप्रपाका एक सांसद छन् ।