July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

असार १,काठमाडौं ।

गण्डकी प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। मंगलबारको संसद बैठकमा सभामुख नेत्रनाथ अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन्।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम पेस गरेकी थिइन्। प्रस्तुत कार्यक्रम उपर आज छलफल गरेर पारित गरिएको हो। प्रतिपक्षी नेकपा (एमाले) का २७ सांसदले नीति तथा कार्यक्रमको समर्थन गरेनन्।

सभामा कांग्रेस, नेकपा (माओवादी), जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र गरेर ३१ जना सांसदले पक्षमा समर्थन गरे।नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि प्रदेशसभा बैठक आज ४ बजेसम्मका लागि स्थगित गरिएको छ।