July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

जीवन विकास लघुवित्तले पायो आईपीओ निष्कासन गर्न अनुमति

जीवन विकास लघुवित्तले पायो आईपीओ निष्कासन गर्न अनुमति

असार १, काठमाडौं ।

जीवन विकास लघुवित्तले आइपिओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट जीवन विकासले  १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि  अनुमति पाएको हो । यस लघुवित्तले प्रतिसेयर १ सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ बिक्री गर्न अनुमति पाएको हो ।

कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । कम्पनीले सर्वसाधारणमा ६७ दशमलव ५० प्रतिशत आईपीओ विक्री गर्न लागेको हो ।

यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी ४१ करोड ६ लाख ७० हजार रुपैयाँ रहेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले ५६ करोड ३९ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम १ अर्ब १८ करोड ३९ लाख १० हजार रुपैयाँ छ ।