July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

भारतमा ६० हजार ४ सय ७१ संक्रमित थपिए,२७सय २६ जनाकाे मृत्यु

भारतमा  ६० हजार ४ सय ७१ संक्रमित थपिए,२७सय २६ जनाकाे मृत्यु

असार १, काठमाडौं ।

भारतमा पछिल्लाे २४ घण्टामा ६० हजार  धेरै काेराेना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाकाे अवधिमा १७ लाख ५१ हजार भन्दा धेरैकाे परीक्षण गर्दा ६० हजार ४ सय ७१ नयाँ संक्रमित थपिएका हुन्।

याे अवधिमा १ लाख १७ हजार ५ सय २५ जना संक्रमणमुक्त भएका छन् भने २७२६ जनाकाे मृत्यु भएकाे छ। अहिलेसम्म भारतमा काेराेना संक्रमित हुनेकाे संख्या २ कराेड ९५ लाख ७० हजार ८८१ पुगेकाे छ । ती मध्ये २ कराेड ८२ लाख ८० हजार ४७२ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ७७ हजार भन्दा धेरैकाे मृत्यु भएकाे छ।

अहिले भारतमा ९ लाख १३ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेकाे सरकारी तथ्यांक छ। भारतले आफ्ना २५ कराेड ९० लाख भन्दा धेरै नागिरकलाई काेराेना भाइरसविरुद्धकाे खाेपकाे कम्तीमा पहिलाे मात्रा लगाइसकेकाे छ।