March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

निषेधाज्ञा आजबाट सात दिनका लागि थपियो, के गर्न पाइन्छ, के पाइँदैन ? (हेर्नुहोस् सूची)

निषेधाज्ञा आजबाट सात दिनका लागि थपियो, के गर्न पाइन्छ, के पाइँदैन ? (हेर्नुहोस् सूची)

काठमाडौं उपत्यकामा आजदेखि थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले आइतबारको बैंठकपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । पछिल्लो पटक वैशाख १६ बाट जारी निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको हो । यसपटकको निषेधाज्ञाको मोडालिटीमा परिवर्तन गर्दै केही सहज बनाइएको छ ।

Advertisement

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । विकास निर्माणका कामलाई स्वास्थ्य मापदण्ड पालना गरी अगाडि बढाउन दिइनेछ ।

Advertisement

बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी–साधनको आवतजावतमा समेत सहजीकरण हुने गरी निर्णय गरिएको छ । तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । सार्वजनिक सवारी–साधनको हकमा पहिलाकै मोडालिटी रहेको छ । मास्क लगाएर हिँड्डुुल गर्न दिइनेछ ।

व्यावसायिक गतिविधि लामो समयदेखि ठप्प रहेकाले बजार, पसल खुला गर्ने नयाँ नियम जारी गरिएको छ । भाडा पसल, पुस्तकालय, कस्मेटिक्स, फेन्सी पसलहरुका लागि समय, बारअनुसार खोल्न दिइने गरी तोकिएको छ । शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ ।

आइतबारको निर्णय अनुसार होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउनेछन् । कोरोना संक्रमण बढेपछि रोकथाम तथा नियन्त्रण लागि भन्दै स्थानीय प्रशासन कार्यालयहरूले काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको हो । अहिले देशका ७५ वटा जिल्लामा निषेधाज्ञा जारी छ ।

यी हुन् सञ्चालन गर्न सकिने कार्यहरु

– औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु, सेवा खरिद वा लिनु पर्दा मात्र घरबाट लिन पाइने ।

– शैक्षिक संस्थाहरुले अनलाइन तथा भर्चुअल माध्यमबात पठनपाठन कार्यहरु सञ्चालन गर्न सक्ने ।

– सवारी साधन मर्मताका लागि वर्कसपहरु बेलुका ९ बजेसम्म सञ्चालन गर्न पाइने ।

– विवाह बर्तबन्धको हकमा स्वास्थ्य सुरक्षाको पालना गरेर सात जनासम्म जान पाइने ।

– ब्रतवबन्ध वा विवाहमा एउटा गाडी प्रयोग गर्न पाइने ।

– हप्तामा २ दिन खुल्ने गरी सहकारी संस्था तथा रेमिटहरु आइतबार र बिहीबार सञ्चालन गर्ने ।

– वैदेशिक अध्ययन तथा ईडीभीका कारण विदेश जानुपर्ने व्यक्तिहरुका लागि कुटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियाका        कार्यहरु संञ्चालन गर्ने ।

– तरकारी फलफूल खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु किराना पसल र डिपार्टमेन्टल स्टोर(ग्रोसरी मात्र) बिहान ११ बजेसम्म        खुला गर्न पाइने । राति ९ बजेदेखि विहान ११ बजेसम्म स्थानीय ढुवानी सेवा सञ्चालन गर्न पाइने ।

– पुस्तक पसल र प्रिन्टिङ प्रेसको हकमा बिहान ११ बेजसम्म सञ्चालन गर्न पाइने । विकास निर्माणजन्य सामाग्रीका पसलहरु – छड, सिमेन्ट,        बिजुलीका सामान, स्यानिटर, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिने ।

– अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म              सञ्चालन गर्न सक्ने ।

– हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्न एयरपोर्टसम्म जानको लागि सवारी साधनको सहजीकरण      गर्ने ।

हेर्नुहोस् के के गर्न पाइन्छ ?

[pdf-embedder url=”https://banijyanews.com/wp-content/uploads/2021/06/jpg2pdf_7.pdf” title=”jpg2pdf_(7)”]