March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

प्रदेश २ सरकारद्वारा ३३ अर्ब ७९ करोड १४ लाखको बजेट घोषणा (पूर्णपाठ)

प्रदेश २ सरकारद्वारा ३३ अर्ब ७९ करोड १४ लाखको बजेट घोषणा (पूर्णपाठ)

असार १, काठमाडौं ।

Advertisement

प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रदेश दुईका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट विनियोजन गरेका हुन्।

Advertisement

कुल विनियोजनमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात् ४६ दशमलव २ प्रतिशत र पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात् ५३ दशमलव ४४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १० करोड अर्थात् शून्य दशमलव ३ प्रतिशत रहेको छ। बजेटमा स्वास्थ्य क्षेत्र तर्फ कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले २० करोड बजेट छुट्याएको छ ।  यस्तै कोरोनाको रोकथाम, औषधी र खोपका लागि बजेट अभाव नहुने पनि मन्त्री  यादवले बताए ।

यस्तै  मन्त्री यादवले मझौला सिँचाइ आयोजनाका लागि ४१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको पनि जानकारी दिए । त्यस्तै प्रदेशका अस्पतालहरूमा मृगौला बिरामीहरूको बढ्दो चापलाई दृष्टिगत गर्दै ३५ वटा डायलासिस मेसिन खरिद गर्नका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतको राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट रु १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँटबाट रु ९ अर्ब ५८ करोड ८९ लाख  र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगदमा मौज्दात रु ६ अर्ब २५ करोड गरी जम्मा रु ३२ अर्ब ७९ करोड १४ लाख ३० हजार बेहोर्दा रु १ अर्ब न्यून हुने देखिएको मन्त्री यादवले उल्लेख गरे।

[pdf-embedder url=”https://banijyanews.com/wp-content/uploads/2021/06/Prov-2-budjet.pdf” title=”Prov 2 budjet”]