March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

सातै प्रदेशको बजेट आज, कुन प्रदेशको बजेट कुन समय ?

सातै प्रदेशको बजेट आज, कुन प्रदेशको बजेट कुन समय ?

असार १, काठमाडौं ।

Advertisement

असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता बमोजिम सातवटै प्रदेशले मंगलबार आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दैछन्। राजनीतिक अन्यौलबीच सातमध्ये ६ ओटा प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ भने गण्डकी प्रदेशमा ३ दिन अगाडि यही शनिबार मात्रै नयाँ सरकार बनेकाले हिजो मात्रैं  नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो ।

Advertisement

गण्डकी प्रदेश सरकारले आज विहानको प्रदेशसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेर आजै बजेट प्रस्तुत गर्दैछ ।  गण्डकी प्रदेशमा  मंगलबार दिउँसाे ४ बजे बजेट प्रस्तुत गर्ने तयारी छ। गण्डकीकाे बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले आफै प्रस्तुत गर्दैछन्।

यस्तै प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदै छ। प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे र कर्णाली प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने तयारी छ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब हाराहारीको बजेट ल्याउँदै छ । गत वर्षको तुलनामा २ देखि साढे ३ अर्ब बढिको बजेट आउने आर्थिक मामिला मन्त्रालय स्रोतले बताएको छ । सुदूरपश्चिम प्रदेश सरकारले अपरान्ह ४ बजे प्रदेशसभामा प्रस्तुत गरिने आगामी वर्षको बजेट २३ अर्ब रुपैयाँ हाराहारी छ।