July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

पछिल्लो २४ घन्टामा ३ हजार ८२ जना संक्रमणमुक्त, २८ सय २८ जना संक्रमित थपिए

पछिल्लो २४ घन्टामा ३ हजार ८२ जना संक्रमणमुक्त, २८ सय २८ जना संक्रमित थपिए

असार २, काठमाडौैं ।

पछिल्लो २४ घन्टामा २८ सय २८ जना कोरोना भाइरस (कोभि‍ड-१९)संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १३ हजार २२ जनाको स्वाब परीक्षण गरिएको थियो।

देशभर आठ हजार ६८७ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार १४ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, चार हजार ३३५ जनाको एन्टिजेन परीक्षण गर्दा ८१४ जनामा संक्रमण देखिएको  मन्त्रालयले जनाएको छ।

आज देशभर तीन हजार ८२ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या पाँच लाख ८३ हजार ५२१ पुगेको छ।  पछिल्लो २४ घण्टामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ। मंगलबार ४१ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार ५५८ पुगेको छ।